रुसमा सैन्य कार्गो विमान दुर्घटना, १९ जनाको मृत्यु
काठमाडौं : रुसको साइबेरियास्थित केमेरोभो क्षेत्रमा सैन्य कार्गो विमान दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ। रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै त्यहाँका राज्य सञ्चारमाध्यमले दुर्घटनामा सबैको मृत्यु भएको पुष्टि गरेका हुन्।मंगलबार नियमित उडानका क्रममा An-१२ विमान यागुनोभो गाउँ नजिकैको सुनसान क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो। प्रारम्भिक अनुसन्धानमा प्राविधिक गडबडी दुर्घटनाको सम्भावित कारण रहेको आशंका गरिएको छ।