SHARE
अन्नपूर्ण · बुधबार ३ मंिर २०८३ १२:०० PM · 1 मिनेट पढाइ

इनमसँगको कनेक्सन अध्ययन समिति अलपत्र

काठमाडौं : सर्वोच्च अदालतमा दिनहुँ बहस पैरवी गर्ने वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यलाई एकाएक बहालवाला न्यायाधीशमाथि अध्ययन तथा छानबिन गर्नुपर्ने जिम्मेवारी आइलाग्यो। उनी केहीबेर सोचमग्न भए र उनलाई के गरूँ–गरूँ भयो।सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वअध्यक्षसमेत रहेका शाक्यले आफू समितिको सदस्य बनेको जानकारी सञ्चारमाध्यमबाट थाहा पाएका थिए। सुरुमा उनी केहीबेर अन्योलमा परे।