SHARE
अन्नपूर्ण · मङगलबार २ मंिर २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

स्रोत नखुलेको १ करोड ६७ लाख नगदसहित तीन जना पक्राउ

काठमाडौ : प्रहरीले ललितपुरबाट स्रोत नखुलेको १ करोड ६७ लाख ३३ हजार २३० रुपैयाँ नगदसहित तीन जनालाई पक्राउ गरेको छ। ललितपुरको एकान्तकुना क्षेत्रमा नेपाल राष्ट्र बैंकको आदेश तथा निर्देशनविपरीत गैरकानूनी रूपमा स्रोत नखुलेको रकम ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।