सर्वोच्चले अन्याय गर्दैन, हामीले न्याय पाउँछौँ : देउवा
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतबाट निष्पक्ष न्याय पाउने विश्वास व्यक्त गरेका छन् । शनिबार ललितपुरमा आफूपक्षीय पार्टी जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै देउवाले सर्वोच्च अदालत कुनै पनि आर्थिक प्रलोभनमा पर्ने संस्था नभएको बताए ।