SHARE
लोक पथ · शनिबार २९ कात्िक २०८३ ११:५९ AM · 1 मिनेट पढाइ

बलात्कार आरोपमा २२ वर्षीय युवक पक्राउ

काठमाडौं । बाँकेमा १७ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको बाँसगढी नगरपालिका–२, पिपल चौताराका २२ वर्षीय हेमन्त परियार रहेका छन् । प्रहरीका अनुसार परियारलाई शुक्रबार साँझ पक्राउ गरिएको हो ।