अछाममा भिरबाट लडेर ३२ वर्षीय युवकको मृत्यु, एक जना घाइते
अछाम । अछाममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको ढकारी गाउँपालिका–१ बासल्लाका ३२ वर्षीय बिर्खे बुढाको भिरबाट लडेर मृत्यु भएको हो । उनीसँगै रहेका सोही ठाउँका ३१ वर्षीय गणेश बुढा घाइते भएका छन् ।