SHARE
अन्नपूर्ण · शुक्रबार​ २८ कात्िक २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

तिहार बिदापछि खुलेको सेयर बजारमा गिरावट, कारोबार रकम ३ अर्बमा सीमित

काठमाडौं : तिहार बिदापछि शुक्रबार खुलेको सेयर बजारमा एकल अंकको गिरावट आएको छ। सरकारले कात्तिक २२ गतेदेखि २६ गतेसम्म तिहारको सार्वजनिक बिदा दिएको थियो। लामो बिदापछि खुलेको बजारमा नेप्से परिसूचक ६.४४ अंकले घटेर  २६४८.७७ विन्दुमा अडिएको हो।यसदिन ३३५ वटा स्क्रिप्सको ७८ लाख ४४ हजार २६७ कित्ता सेयर ३ अर्ब ५ करोड ४२ लाख ७४ हजार ७२५ रुपैयाँमा खरिदबिक्री भए।  कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन।