SHARE
अन्नपूर्ण · बुधबार १० मंिर २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

सीमा विवादबाट बालेन–मोदी ‘स्किप’ !

काठमाडौं : १४ भदौ २०८२ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा निस्किएका दिन त्यतिबेलाका काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र शाहले लेखेका थिए, ‘चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यू। नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला। अल दी बेस्ट हामीलाई तपाईंमाथि पूर्ण विश्वास छ।’ उनै शाह त्यसको ७ महिनापछि प्रधानमन्त्री भए।