SHARE
अन्नपूर्ण · शुक्रबार​ २८ कात्िक २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

छठ पर्व : सोमबार पनि सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं : सरकारले छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै सोमबार छठ पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको जानकारी गराएको हो।मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामा भनिएको छ,‘वि.सं. २०८३ कात्तिक २९ गते आइतबारका दिन परेको छठ पर्वका अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको बिदितै छ।