SHARE
अन्नपूर्ण · शुक्रबार​ २८ कात्िक २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

छठ पर्वको अवसरमा ४ महिलासहित ४७ जनाले गरे रक्तदान

वीरगन्ज : छठ पर्वको अवसरमा वीरगन्ज–१०स्थित घडीअर्वा पोखरी छठघाट परिसरमा शुक्रबार आयोजित रक्तदान कार्यक्रमममा ४७ जनाले रक्तदान गरेका छन्।घडीअर्वा छठ पूजा व्यवस्थापन समितिको समन्वयमा घडीअर्वा स्पोर्ट क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ४ महिलासहित  ४७ जनाले रगत दान गरेका हुन् ।