SHARE
अन्नपूर्ण · शुक्रबार​ २८ कात्िक २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

जंगलभित्र अर्धनग्न अवस्थामा महिलाको शव फेला

विराटनगर : मोरङको केराबारीमा जंगलभित्र महिलाको रहस्यमय शव फेला परेको छ। घरबाट करिब एक किलोमिटर टाढा रहेको जंगलमा बिहीवार साँझ स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।केराबारी गाउँपालिका–२ फैबाकी ३१–३२ वर्षीया पार्वती लिम्बू मृत फेला परेकी हुन् । उनको शव अर्धनग्न अवस्थामा रहेको र कम्मरमुनिको भागमा कपडा नभएको प्रहरीले जनाएको छ ।