SHARE
अन्नपूर्ण · शुक्रबार​ २८ कात्िक २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

बाढीपीडितको पुनःस्थापनामा ढिलाइ भएको अर्जुननरसिंह केसीको आरोप

नुवाकोट: ल्हेन्देखोलाबाट रसुवागढी हुँदै भोटेकोशीबाट त्रिशूली नदीमा मिसिएको अकल्पनीय बाढीले प्रभावित पारेका नुवाकोटवासीको पुनःस्थापनामा ढिलाइ भइरहेको पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले बताएका छन्। बाढीका कारण विभिन्न स्थानमा घरबारविहीन भएकाहरूलाई सरकारले छिटोभन्दा छिटो पुनःस्थापना गर्नुपर्नेमा उनले जोड दिए।