SHARE
अन्नपूर्ण · बिहीबार २७ कात्िक २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

पर्साको कालिकामाई गाउँपालिकाको कार्यालयमा अज्ञात समूहद्वारा आगजनी

वीरगन्ज : पर्साको कालिकामाई गाउँपालिकाको कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ। वडा नम्बर ३ हरिहरपुरवीर्तामा अवस्थित गाँउपालिकाको कार्यालयमा बुधबारराति अज्ञात समूहले आगजनी गरेको हो। बुधबार राति पर्खाल नाघेर कार्यालय परिसरमा छिरेको समूहले कार्यालयको गेटको ताल्चा खोलेर भित्र प्रवेश गरी स्वास्थ्य, रोजगार लगायतका शाखामा आगजनी गरेको हो।