SHARE
लोक पथ · बिहीबार २७ कात्िक २०८३ १०:०५ AM · 1 मिनेट पढाइ

भीमफेदी ईभी दुर्घटना : मृतकको संख्या १४ पुग्यो, ६ जना घाइते

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको ईभी गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ भने ६ जना घाइते भएका छन् । दुर्घटनामा परेको ईभी गाडीमा चालकसहित २० जना सवार रहेको खुलेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।