SHARE
लोक पथ · बिहीबार २७ कात्िक २०८३ ०४:१२ AM · 1 मिनेट पढाइ

एनपीएल : आज पोखरा एभेन्जर्स र विराटनगर किङ्स तथा कर्णाली याक्स र लुम्बिनी लायन्स भिड्दै

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा आज दुई खेल हुँदै छन् । आज मध्याह्न १२ः३० मा सुरु हुने खेलमा पोखरा एभेन्जर्स र विराटनगर किङ्स तथा अपराह्न ५ः०० बजेदेखि सुरु हुने खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्ने छन् ।