SHARE
लोक पथ · सोमबार २४ कात्िक २०८३ १२:१२ PM · 1 मिनेट पढाइ

सुख्खा पहिरोले पोखरा–बागलुङ सडक पुनः अवरुद्ध

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका–१ घट्टेखोलामा सुख्खा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा–बागलुङ सडकखण्ड अवरूद्ध बनेको छ । आइतबार खसेको पहिरो पन्छाएपछि सडक सुचारू गरिएपनि पुनः सोही स्थानमा आज अपरान्ह पहिरो खस्दा यातायात सेवा प्रभावित भएको वडा प्रहरी कार्यालय, बगरका प्रहरी निरीक्षक रामप्रसाद सोपकोटाले जानकारी दिए ।