SHARE
अन्नपूर्ण · बिहीबार २० कात्िक २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

वीरगन्जमा अवैध माछासहित ट्रक नियन्त्रणमा, भन्सारमा बुझाइयो

वीरगन्ज : भारतबाट राजस्व छलेर भित्र्याइएको ३२ लाख बढीको माछासहित एउटा ट्रक प्रहरीले नियन्त्रणमा लिएर वीरगन्ज भन्सार कार्यालयमा बुझाएको छ।विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी सिर्सियाबाट खटिएको संसंयुक्त टोलीले वीरगन्ज महानगरपालिका– २५ आईसीपी सडकखण्डबाट प्रदेश २–०३–००१ ख ७०७४ नम्बरको टाटा कम्पनीको सेतो कालो रंगको मालवाहक ट्रक रोकेर चेकजाँच गरेको थियो।