SHARE
काठमाण्डुपाटी · बिहीबार २० कात्िक २०८३ १२:५७ PM · 1 मिनेट पढाइ

विराटनगर किंग्स ८३ रनमै अलआउट

काठमाण्डु– एनपीएल अन्तर्गत बिहीबारको दोस्रो खेलमा काठमाण्डु गोर्खाजले सानदार बलिङ प्रदर्शन गर्दै विराटनगर किंग्सलाई ८३ रनमै अलआउट गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १९।३ ओभरमा सबै विकेट गुमाउँदै ८३ रनमा समेटिएको हो । विराटनगरका लागि नवौँ नम्बरमा ब्याटिङ गर्न आएका रुपेश सिंहले सर्वाधिक २६ रन बनाए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी