SHARE
अन्नपूर्ण · सोमबार १० कात्िक २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

एनपीएल : कर्णाली याक्सबाट खेल्न आएका फराहान पाकिस्तान फर्किँदै

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका कर्णाली याक्सका पाकिस्तानी खेलाडी साहिबजादा फरहान राष्ट्रिय टोलीमा छनोट भएपछि पाकिस्तान फर्किने भएका छन् ।श्रीलंकाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलका लागि टोलीमा समावेश भएपछि उनलाई पाकिस्तान राष्ट्रिय टिमले फिर्ता बोलाएको हो। पाकिस्तान र श्रीलङ्का बीचको एकदिवसीय खेल अक्टोबर ३१ मा सकिएपछि उनी पुनः एनपीएल खेल्न आउने सम्भावना छ।