SHARE
अन्नपूर्ण · सोमबार १० कात्िक २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

साउदीका तेल संयन्त्र र विमानस्थलमा आक्रमण गरेको हुथीको दाबी

काठमाडौं : मध्यपूर्वी क्षेत्रमा बढ्दो तनावका बीच यमनका इरान-समर्थित हुथी विद्रोहीहरूले साउदी अरेबियाको 'इस्ट-वेस्ट' कच्चा तेल पम्पिङ स्टेसनहरू र रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गरेको दाबी गरेका छन्।हुथी विद्रोही समूहले सोमबार सार्वजनिक गरेको वक्तव्य अनुसार, उनीहरूले तेल संरचनाहरूमा ड्रोन तथा विमानस्थलमा बलिस्टिक मिसाइल प्रहार गरेका हुन्।