SHARE
अन्नपूर्ण · शुक्रबार​ ७ कात्िक २०८३ ११:०० PM · 1 मिनेट पढाइ

पोखरा-दुबई उडानको एक महिना : ६ हजारभन्दा बढी यात्रुले लिए सेवा

पोखरा : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको फ्लाई दुबईले एक महिनामा ६ हजारभन्दा बढी यात्रुलाई सेवा दिएको छ । गत असोज ७ गतेदेखि पोखरा-दुबई रुटमा नियमित उडान सुरु गरेको कम्पनीले पहिलो महिनामा ३० वटा उडान सञ्चालन गरेको हो ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार एक महिनाको अवधिमा दुबईबाट पोखरा आउने ४ हजार ५२१ र पोखराबाट दुबई जाने १ हजार ८४१ गरी कुल ६ हजार ३६२ यात्रुले सेवा लिएका छन् ।