SHARE
अन्नपूर्ण · बिहीबार ६ कात्िक २०८३ ११:०० AM · 1 मिनेट पढाइ

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको मृत्यु

झापा: झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। आज बिहान ४:१० बजे बिर्तामोड नगरपालिका–२ रामचोकस्थित बडी ग्यारेजको क्यान्टिनमा विद्युत् सर्ट भई आगलागी हुँदा क्यान्टिनमा काम गर्ने गौरीगञ्ज गाउँपालिका–२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।