SHARE
अन्नपूर्ण · बुधबार ५ कात्िक २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

आज विजयादशमी : दशैंको टीका कता फर्केर लगाउने ?

काठमाडौं : बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन। नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि आज बिहान १०:२६ बजेको साइत उत्तम रहेको जनाएको छ। घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान ८:४९ बजे रहेको छ।