दसैं रौनक : ५ लाख ७६ हजार बढीले छाडे काठमाडौं उपत्यका
काठमाडौं : दसैं मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घटस्थापनादेखि आजसम्म ५ लाख ७६ हजार ५७८ जनाले काठमाडौं उपत्यका छाडेका छन् ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि मंगलबारसम्म ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत ५ लाख ७६ हजार ५७८ जना उपत्यकाबाट बाहिरिएका हुन् ।