फ्रान्समा हिंसा मच्चाउनेले फूटबल क्लब पनि छाडेनन्, मार्से र लिलका पसलमा लुटपाट
पेरिस – फ्रान्समा भएको हिंसात्मक प्रदर्शन र लुटपाटका क्रममा फूटबल क्लब मार्से र लिलका आधिकारिक पसलसमेत निशानामा परेका छन् । दुवै क्लबले आफ्ना पसलमा तोडफोड र लुटपाट भएको जनाएका छन् । मार्सेले आफ्नो आधिकारिक पसलमा ठूलो क्षति पुगेको जनाएको छ ।