SHARE
अन्नपूर्ण · सोमबार ३ कात्िक २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

काठमाडौंमा मोटरसाइकल दुर्घटना, एक भारतीय नागरिकको मृत्यु

काठमाडौं : गोकर्णेश्वर न.पा. ९, आरुबारीस्थित राममन्दिर नजिकै मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतबार राति रौतहट घर भई हाल काठमाडौं बस्दै आएका १८ वर्षीय मोहन ठाकुरले चलाएको बा ९० प ३३२५ नम्बरको मोटरसाइकल सडकमा चिप्लिएर दुर्घटना भएको हो। प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल पछाडि सवार भारत घर भई हाल काठमाडौं महानगरपालिका–६, तिनचुली बस्ने १६ वर्षीय महमद जसिमको मृत्यु भएको हो।