SHARE
अन्नपूर्ण · आइबार​ २ कात्िक २०८३ १२:०० PM · 1 मिनेट पढाइ

९१५ किलो गाँजासहित ४ जना पक्राउ

काठमाडौं : सुनसरी प्रहरीले ९१५ किलोभन्दा बढी गाँजासहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीले इनरुवा नगरपालिका–४ स्थित ज्ञानोदय टोलमा रहेको घरबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।आइतबार  बिहान १ः३० बजे गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका–४ हनुमान मन्दिर नजिक बुलबुल यादवको घरमा खानतलासी गरेको थियो। प्रहरीले घरकोठामा लुकाइछिपाइ राखिएको प्रतिबन्धित लागू औषध गाँजा ९१५ किलो ६८० ग्राम बरामद गरेको छ।