आज बडादसैंको सातौं दिन: घरघरमा फूलपाती भित्र्याइँदै
काठमाडौं : बडादसैंको सातौं दिन आज घरघरमा हर्षोल्लासका साथ फूलपाती भित्र्याइँदै छ। शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष गरी नौ प्रकारका सामग्री (नवपत्रिका) विधिपूर्वक दसैं घरमा भित्र्याउने परम्परा छ।यसै अवसरमा गोरखा दरबारबाट ल्याइएको फूलपाती हनुमानढोकाको दसैं घरमा बाजागाजासहित भित्र्याउने परम्परा छ।