SHARE
अन्नपूर्ण · शुक्रबार​ ३० असो २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

धार्चे र चुमनुब्रीका तीन हजार घरधुरीलाई तत्काल खाद्यान्न उपलब्ध गराउन पालिकाहरुको माग

गोरखा : आफ्ना पालिकाभरका बासिन्दालाई तत्काल खाद्यान्न उपलव्ध गराइदिन धार्चे र चुमनुब्री गाउँपालिकाले अनुरोध गरेको छ । बूढीगण्डकी बाढीले बाटोघाटो, पुलपुलेसा बगाएर नाकाबन्दीमा परेको भन्दै दुई पालिकाका अध्यक्षहरुले अलगअलग विज्ञप्ति जारी गरी तत्काल खाद्यान्न उपलब्ध गराउन नेपाल सरकार र प्रदेश सरकारसंग माग गरेका हुन् ।