SHARE
पर्दाफास · आइबार​ २५ असो २०८३ ०५:३० AM · 1 मिनेट पढाइ

हाइड्रोलोजिस्टको चेतावनी- बूढीगण्डकीको बाढीले त्रिशूलीको सतह ३ मिटरसम्म बढ्न सक्छ

गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीमा पानीसँगै गेग्रानसमेत मिसिएको पाइएको छ । बाढीका कारण जलमापन केन्द्र र पुलसमेत बगाएको तथा नदीको बहाव निरन्तर घटबढ भइरहेको अवस्थामा बूढीगण्डकी, त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा आइतबार साँझसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।