SHARE
पर्दाफास · आइबार​ २५ असो २०८३ ०४:३५ AM · 1 मिनेट पढाइ

बाढीले ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प बगायो

गोरखामा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले ३४१ मेगावाट क्षमताको निर्माणाधीन बूढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प बगाएको छ। आज बिहान आएको बाढीले दोभानखोला जलविद्युत् आयोजनाको बेलिब्रिज र घरहरूमा समेत क्षति पुर्‍याएको छ। यस्तै, यारुखोलाको बेलिब्रिज र भवन पनि बाढीले बगाएको छ। बूढीगण्डकी नदीमा आएको बाढीले विभिन्न संरचनामा क्षति पुर्‍याएपछि तटीय क्षेत्रमा जोखिम बढेको छ।