SHARE
पर्दाफास · आइबार​ २५ असो २०८३ ०३:१८ AM · 1 मिनेट पढाइ

बूढीगण्डकीमा आकस्मिक बाढीपछि आरुघाट बजार खाली गराइयो

गोरखाको बूढीगण्डकी नदीमा आकस्मिक बाढी आएपछि जोखिमलाई मध्यनजर गर्दै आरुघाट बजार खाली गराइएको छ। नदीमा लेदो र गेग्रानसहितको ठूलो बाढी आएपछि तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने आशंकामा बजार क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको हो। बूढीगण्डकीमा आएको बाढीले यसअघि नै विभिन्न स्थानमा क्षति पुर्‍याइसकेको छ।