गोरखाको बूढीगण्डकीमा लेदो र गेग्रानसहितको बाढी
गोरखाको चुमनुम्ब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी आएको छ। बाढीले तल्लो तटीय क्षेत्र आरुघाटसम्म क्षति पुर्याउन सक्ने जोखिम रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।