SHARE
पर्दाफास · शनिबार २४ असो २०८३ ०१:४७ PM · 1 मिनेट पढाइ

जलवायु संकटमा विश्व नेतृत्वदेखि नेपाली राजनीतिक दलसम्म गम्भीर नभएको पूर्वराष्ट्रपति यादवको गुनासो

पूर्वराष्ट्रपति डा. रामवरण यादवले विश्वव्यापी जलवायु परिवर्तन र वातावरणीय संकटप्रति विश्वका शक्ति राष्ट्रदेखि नेपालका राजनीतिक नेतृत्व गम्भीर नभएको गुनासो गरेका छन् । शनिवार काठमाडौंमा नेपाल मधुमेही समाजको ३६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।