आलोकनगरमा एकीकृत समाजवादीको केन्द्रिय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कमिटी बैठक सुरु भएको छ । बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने विषयमा निर्णय गर्न पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बैठक बसेको हो ।

पार्टीको महाधिवेशनले २९९ मध्ये ९३ सदस्य मात्रै चयन गरेको थियो । बाँकी रहेको २०६ सदस्य चयन गर्न एकीकृत समाजवादीमा सकस छ । आकांक्षी धेरै हुँदा छान्न समस्या भएको नेताहरू बताउँछन् ।

सोही विषयमा आजको बैठकले निर्णय लिएपछि बाँकी रहेका १८ पदाधिकारी छनोट गरिने नेताहरूले जनाएका छन् ।

महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको थियो ।