एआइजी श्यामलाल ज्ञवालीमाथि छानबिन गर्न पाँच सदस्यीय समिति गठन

काठमाडौँ । प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) श्यामलाल ज्ञवालीमाथि छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ ।

ज्ञवालीमाथि छानबिनका लागि  प्रशासन विभागमा कार्यरत एआइजी टेकप्रसाद राईको नेतृत्वमा छानबिन गर्न समिति गठन गरिएको  प्रहरी प्रधान कार्यालयले जनाएको छ।

आइजी बसन्तबहादुर कुँवरको निर्देशनमा गठन गरिएको समितिमा ५ जना रहेका छन्। ज्ञवालीमाथि प्रहरीको उजुरी छानबिन निर्देशनालयमा उजुरी परेकाले छानबिनका लागि समिति गठन गरिएको हो।

ज्ञवालीको उमेर विवाद, ६० किलो सुन प्रकरणमा फरार रहेका जीवन चलाउनेको विषयलगायतमा छानबिन गर्न समिति बनाइएको स्रोतले जनाएको छ ।