शंकरदास बैरागीले दिए राजीनामा

काठमाडौँ - शंकरदास बैरागीले राष्ट्रिय सुरक्षा सल्लाहकारबाट राजीनामा दिएका छन् । पूर्व मुख्यसचिव बैरागीले गत आइतबार नै पदबाट राजीनामा दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जानकारी दिएको छ । वैरागीले ९ साउनमै राजीनामा दिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

पूर्व मुख्यसचिव वैरागी ३२ जेठ २०८० मा राष्ट्रिय सुरक्षा सल्लाहकार बनेका थिए । वैरागीले मुख्य सचिवको कार्यकाल केही महिना बाँकी छँदा बैकुठ अर्याललाई मुख्यसचिव बनाउने बाटो खोल्दै राजीनामा दिएका थिए ।भारतको राजदूत बन्न प्रयास गरिरहेका बैरागीले राजदूत बन्नकै लागि राजीनामा दिएको स्रोतले जनाएको छ ।

तर, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिस गर्दा उनको नाम परेन । सरकारले भारतका लागि वर्तमान राजदूत डा। शंकर शर्मालाई नै निरन्तरता दिएको छ । प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले शर्मालाई भारतबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । तर सत्ता समीकणर फेरिएपछि नयाँ सरकारले शर्मालाई थमौती गरेर राजदूतमा निरन्तरता दिएको हो ।