हर्क साम्पाङको  ‘सुधारबार’ अभियानमा सहभागी हुने गृहमन्त्री लामिछानेको प्रतिवद्धता

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको  ‘सुधारबार’ अभियानमा गृहमन्त्री रवि लामिछाने पनि सहभागी हुने प्रतिवद्धता व्यक्त गरेका छन् ।

आइतबार मन्त्रालयमा भएको भेटमा प्रमुख साम्पाङले हरेक शुक्रबार सञ्चालन गरिरहेको उक्त अभियानमा कुनै हप्ता आफू पनि सहभागी हुने गृहमन्त्री लामिछानेले प्रतिवद्धता व्यक्त गरेका छन् । 

प्रमुख साम्पाङद्वारा धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त सोत–साधनको माग गरेका थिए ।