पौडी खेल्ने क्रममा १२ वर्षीय बालक बेपत्ता

काठमाडौँ । गुल्मीको गुल्मीदरबार गाउँपालिका-२ घोरा उपल्लाखर्कका १२ वर्षीय प्रीन्स सारु खोलामा डुबेर बेपत्ता भएका छन् ।

अबेर बडिगाड खोलाको सोतामा पौडी खेल्ने क्रममा सारु डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुर्यभान चौधरीले जानकारी दिए ।

बेपत्ता भए लगत्तै मजुवा चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक कमल बन्जाडेको कमाण्डमा प्रहरी टोली र स्थानियहरुले खोजतलास गरिरहेको चौधरीले बताए ।