हात्ती महोत्सवको आज अन्तिम दिन, हिजो हात्तीको वनभोज सम्पन्न

काठमाण्डौँ - चितवनको  सौराहामा चलिरहेको ‘चितवन हात्ती तथा पर्यटन महोत्सव’ आज सकिँदैछ ।

महोत्सवको चौथो दिन हिजो भव्य कार्यक्रमकाबीच हात्तीलाई वनभोज खुवाइएको छ । सौराहा क्षेत्रमा पालिएका सरकारी तथा निजी हात्तीहरूलाई विभिन्न फलफूलसहित खीर, केक र मनपर्ने घाँस दिएर वनभोज खुवाइएको हो ।

हात्तीलाई चामल र भेलीको खीर, केकसहित उखु, सख्खर, चना, फर्सी, ड्रागनफ्रुट, स्याउ, केरा, खरबुजालगायतका फलफूल दिइएको थियो । क्षेत्रीय होटल सङ्घ चितवनको आयोजनामा गएको १० गतेदेखि शुरु ‘चितवन हात्ती तथा पर्यटन महोत्सव’ आज सकिँदैछ ।