स्वर्गीय राजा वीरेन्द्रको आज जन्मजयन्ती मनाईँदै 

काठमाण्डौँ - तत्कालीन राजा वीरेन्द्र शाहको आज ७९औँ जन्मजयन्ती । विभिन्न कार्यक्रम गरी उनको सम्झना गरिँदैछ । २००२ साल पुस १४ गते तत्कालीन राजा महेन्द्र र रानी इन्द्रराज्यलक्ष्मीको पहिलो पुत्रका रूपमा जन्मेका भएका वीरेन्द्रले बुबा महेन्द्रको निधनपछि २०२८ साल माघमा राजगद्दी सम्हालेका थिए ।  

तुलनात्मक रूपमा उदारवादी छवि बनाएका उहाको शासनकालमा देशमा महत्त्वपूर्ण परिवर्तन भएको थियो । २०३१ सालमा राज्यारोहणका वेला नेपाललाई शान्तिक्षेत्र घोषणा गर्न विश्वसामु प्रस्ताव राखेका थिए । २०४२ सालमा उहाकै पालामा दक्षिण् एसियाली सहयोग संगठन सार्कको स्थापना भएको थियो ।

२०१७ सालमा महेन्द्रले स्थापना गरेको पञ्चायती शासनविरुद्ध आन्दोलन चर्किँदै गएपछि वीरेन्द्रले २०३६ सालमा जनमत संग्रह गराराएका थिए । यसैगरी कांग्रेस–वाम आन्दोलनले उग्ररूप लिएपछि २०४६ सालमा पञ्चायती व्यवस्था हटाई प्रजातन्त्र पुनः स्थापना गरेका थिए । ३० वर्षको प्रत्यक्ष शासन अन्त्य गरी उहा संवैधानिक राजाका रूपमा रहन सहमत भएका  थिए । 

राजा वीरेन्द्रको निधन २०५८ जेठ १९ गते भयो । पारिवारिक जमघटमा भएको गोलीकाण्डमा उहा सहित रानी ऐश्वर्य, छोराहरू युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, छोरी श्रुतिसहित आफन्तहरू मारिएका थिए ।