धरानमा बाढीले बगाउँदा १४ वर्षिय बालकको मृत्यु

काठमाडौँ । धरानमा खोलाले बगाउँदा १४ वर्षिय बालकको मृत्यु भएको छ ।

बिहीबार दिउँसो परेको भारी वर्षाका कारण ड्रेनमा आएको बाढीले बगाउँदा धरान उपमहानगरपालिका–११ पृथ्वीचोकका १४ वर्षीय रोशन लिम्बूको मृत्यु भएको हो ।

सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीको अनुसार रोशन विद्यालयबाट घर फर्कँदै गर्दा धरान–११ ऐश्वर्य मार्गको ड्रेनमा आएको भेल बाढीले बगाएर मृत्यु भएको हो । उनी भिक्टोरी विद्यालयमा कक्षा ९ मा अध्ययन गर्दै आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार साथीसँगै विद्यालयबाट घर फर्कने क्रममा लिम्बूलाई बाढीले बगाएको थियो । उनको शव धरान–१७ ठकुरीखोलास्थित करिब दुई किलोमिटर तल झाडीमा अड्किएको अवस्थामा भेटिएको थियो ।