चट्याङ लागेर सुनसरीमा दुईजना घाइते  

काठमाडौँ । सुनसरीमा चट्याङ लागेर दुई जना घाइते भएका छन् । कोशी गाउँपालिका-४ मा बिहीबार चट्याङले हान्दा स्थानीय ५० वर्षीय हदिस मियाँ  र १८ वर्षीय अक्रम मियाँ घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

माछा मार्ने क्रममा हुरीबताससँगै परेको चट्याङबाट उनीहरू घाइते भएका थिए। अक्रमको अवस्था गम्भीर रहेको छ। दुवैको उपचार भइरहेको प्रहरीले जनाएको छ।