लामालाई विश्वासको मत दिन कांग्रेस-एमालेको ह्वीप

 हेटौंडा - बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई विश्वासको मत दिन सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले ह्वीप जारी गरेका छन् । मंगलबार प्रदेश सभा सचिवालयमा बसेको एमाले र कांग्रेसको संसदीय दलको बैठकले मुख्यमन्त्री लामालाई विश्वासको मत दिन ह्वीप जारी गर्ने निर्णय गरेको हो ।

मंगलबार बसेको बैठकले एकमतको साथमा मुख्यमन्त्री लामालाई विश्वासको मत दिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी दिए ।

एमालेले पनि मुख्यमन्त्री लामालाई विश्वासको मत दिन आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले लामालाई विश्वासको मत दिने निर्णय गरेको एमाल संसदीय दलका नेता जगन्नाथ थपलियाले जनाए ।