हिउँदे अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्ने तयारी 

काठमाडौँ - उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सिंहदरबारमाभित्र निर्माणधिन नयाँ संसद भवनलाई समयमा नै सम्पन्न गर्न निर्देशन दिएका छन् । 

मंगलबार निर्माणाधिन संसद भवनको अवलोकन गर्दै निर्माणका लागि देखिएको समस्यमा समाधान गर्दै समयमा नै सम्पन्न गर्न निर्देशन दिएका हुन्। उनले सदनको अगामी हिँउदे अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्ने गरि काम सम्पन्न गर्ने लक्ष्य लिइएको उल्लेख गरे ।

प्रयाप्त संख्यामा कामदार नराखिएकाले निर्माणमा ढिलाई भएको गुनासोलाई सम्बोधन गर्दै त्यही अनुसारको जनशक्ति राखेर तीव्रताका साथ कामलाई अघि बढाउनुपर्ने उनले बताए । 

सिंहले अनुमगनपछि निर्माणमा देखिएका समस्यालाई आफूले समाधानका लागि पहल गर्ने जिकिर गरे । ठेकेदार कम्पनीलाई बोलाएर समयमा नै सम्पन्न गर्नका लागि देखिएका जटिलता हटाउने उनको भनाइ छ ।