साना राजनीतिक दल अनावश्यक बार्गेनिङ गर्दै सत्तामा पुग्ने गरेको नेता पोखरेलको आरोप

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले साना राजनितिक दल अनावश्यक बार्गेनिङ गरेर सत्तामा पुग्ने गरेको आरोप लगाएका छन् ।

प्रेस चौतारी दाङले मंगलबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बेल्दै उनले यस्तो बताएका हुन् ।

उनले कम्युनिस्ट पार्टी एकताको प्रहसन अब नदोहोरिने बताउँदै वामपन्थीहरूको बीचमा एकता अब एकादेशको कथा भैसकेकोले पुरानै बाटोबाट अघि बढ्नुपर्ने बताए ।

मुलुकमा निरन्तर अस्थिरता सृजना हुने अवस्था आएकोले कम्युनिस्टमा विचार राख्नेहरू एमालेतिर र पुँजीवादी समाजवाद व्यवस्थामा विचार राख्नेहरू कांग्रेसतर्फ धुव्रीकरण हुन आवश्यक  रहेको पोखरेलको भनाइ छ ।

मुलुकको लोकतान्त्रिक मूल्य मान्यताको सवालमा कांग्रेस र एमाले विगतदेखि मिल्दै आएको बताउँदै उनले अघिल्लो गठबन्धनमा १० सिटका नेतालाई प्रधानमन्त्री कबुल नगर्दा लगातार गठबन्धन भत्काउने काम भएको बताए ।