सर्लाहीमा हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला

काठमाडौँ । सर्लाहीमा एक महिलाको शव फेला परेको छ। जिल्लाको हरिपुर नगरपालिका - ४, हरैयामा स्थानीय ठगा रायकी श्रीमती ४५ वर्षीया कृष्णादेवी रायको हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

शनिबार राति करिब साढे ९ बजेको समयमा घरदेखि करिब ५०० मिटर पूर्व मकै लगाइएको आफ्नै खेतमा कृष्णादेवीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

मृतक महिलाको शरीरमा चोटपटक देखिएकाले घटना शंकास्पद रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले बताए।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।