पद्मश्री साहित्य पुरस्कारका लागि छानिएका १५ पुस्तक कुनु-कुन छन् ? 

काठमाडौँ - खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कार २०७९ का लागि  पहिलो चरणमा १५ वटा पुस्तकको सूची सार्वजनिक गरेको छ । एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले चयन प्रक्रियाको पहिलो चरणमा प्रतिष्ठानमा प्राप्त भएका पुस्तकहरूमध्येबाट १५ पुस्तकलाई उत्कृष्ट विस्तारित सूची लङ लिस्ट सार्वजनिक गरेको हो ।

जानुका खतिवडाको आतोओडा, सुबिन भट्टराईको इजोरिया , विवेक ओझाको ऐँठन, गोपी सापकोटाको चिसो बाफ, प्रगति राईको  थाङ्ग्रा, रमेश क्षितिजको पर्वतपर्वतमा बटुवा घाम, सुरेश प्राञ्जलीको पानीघट्ट, शैलेन्द्र अधिकारीको ब्रम्हास्त्र, रामलाल जोशीको बाआमा, प्रोल्लास सिन्धुलीयको भग्न भैरव, डा देवीप्रसाद सुवेदीको मनु, प्रदीप रोदनको मफलर, हरिबोल काफ्लेको यशोधरा, डा नवराज केसीको शून्यको मूल्य र अशोक थापाको सन्तापको धून चयन भएको छ ।

प्रतिष्ठानले वि।सं।२०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरुमध्ये निर्णायक मण्डलको छनोटअनुसार उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार दिँदै आएको छ ।