सन्दीपविरूद्वको मुद्दाको पेसी आज पनि स्थगित

 काठमाडौँ - क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई आज पनि स्थगित भएको छ ।

उनको मुद्दाको फैसलाका लागिा पेसी तोकिएकोमा आज पनि स्थगित भएको हो । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शंकरबहादुर राईको इजलासमा पेसी तोकिएको थियो ।

किशोरीले सन्दीपविरूद्व क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै दिएको निवेदनलाई पनि सँगै राखेर सुनुवाई गर्ने भन्दै न्यायाधीस राइले सुनुवाई स्थगित गरेका हुन् ।