आजको मौसम : केहि स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ - मंगलबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

देशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ । लुम्बिनी, मधेश, सुदूरपश्चिम र कोशी प्रदेशका केही स्थानहरू र बाँकी भूभागको थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

मंगलबार राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको  सम्भावना रहेको छ । 

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ । लुम्बिनी, मधेश, सुदूरपश्चिम र कोशी प्रदेशका केही स्थानहरू र बाँकी भूभागको थोरै स्थानहरूमा हावा(हुरीको सम्भावना रहेको छ ।